उडिरहेको हेलिकप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

63
  •  
  •  
  •  

काठमाडौं । बाग्लुङको गलकोटबाट काठमाडौं उडेको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

तस्बिर : गलकाेट एफएम

उडिरहेको हेलिकप्टरमा चरा ठोकिएपछि दुर्घटना भएको गलकोट नगरपालिका–३ का वडा अध्यक्ष वीरजंग भण्डारीले बताए ।

हेलिकप्टरमै सवार उनले उडिरहेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाँउपालिकामा आकस्मिक अवतरण गर्नुपरेको बताए ।

पाइलटसहित हेलिकप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ भने हेलिकप्टरको अगाडिको सिसा फुटेको छ ।


  •  
  •  
  •