सगरमाथाको उचाई दुई मिटर बढ्यो !

306
  •  
  •  
  •  

काठमाडौं, ७ कात्तिक (ओएनएस) : विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाई कति हो ?

सही जवाफ हो – ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २९ फिट । आधिकारिक मानिने विकीपिडियामा समेत सगरमाथाको उचाई सोही उल्लेख छ ।

तर, पछिल्लो समय केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सगरमाथाको उचाई ८ हजार आठ सय ५० मिटर अर्थात २९ हजार ३५ फिट रहेको जनाएका छन् ।

डेलीमेल नामक सञ्चार संस्थाले सगरमाथाको उचाई ८ हजार आठ सय ५० मिटर रहेको उल्लेख गर्दै नासाले स्याटेलाइटमार्फत खिचेको तस्बिर प्रकाशित गरेको छ । स्याटेलाइटमार्फत खिचिएको सो तस्बिरमा सगरमाथा र वरपरको भाग छर्लङ्ग देखिएको छ ।

केही समय अगाडि नेशनल जियोग्राफिकमा प्रकाशित तस्बिरमा पनि सगरमाथाको उचाई ८ हजार ८ सय ५० मिटर नै उल्लेख थियो ।

mount Everestmount Everest1 mount Everest 2


  •  
  •  
  •