व्वाइट हाउसको दवावमा रक्षामन्त्री हेगलले दिए राजीनामा

180
  •  
  •  
  •  

hagelकाठमाडौ, ९ मंसिर(एजेन्जी) : व्हाइट हाउसको दवावमा अन्ततः अमेरिकी रक्षामन्त्री चक हेगलले सोमबार राजीनामा दिएका छन् ।

उनी नयाँ व्यवस्था नभएसम्म कामचलाउ मन्त्री रहनेछन् । यो घोषणा हेगल आफैले गरेका हुन् । हेगल रिपब्लिक पार्टीका सीनेटर थिए । उनलाई डेमोक्रेट राष्ट्रपति बाराक ओबामाले रक्षामन्त्री बनाएका थिए । सीनेटले हेगलको नामलाई ५८-४१ को निकै कम बहुमतले दिएको थियो । उनी यसअघि पनि दुइ पटक सीनेटको सदस्य रहिसकेका थिए ।


  •  
  •  
  •  

Comments are closed.