६ फिट बाक्लो हिऊँले पुरियो न्युयोर्क…(फोटोफिचर)

215
  •  
  •  
  •  

heavy-snow-keeps-falling-in-newyork1काठमाडौ, ५ मंसिर (एजेन्सी) : अमेरिकामा लगातार भइरहेको हिँऊ परेपछि पूरै देश कापीरहेको छ । न्यूयोर्कमा हिऊँ करिब ५-६ फिट बाक्लो परेको छ । पूर्वी अमेरिकामा अघिले पनि हिऊँ परिरहेको छ । यसका कारण अमेरिकाका धेरै राज्यमा तापक्रम शून्य या त्यो भन्दा कम हुँदै गइरहेको छ ।

heavy-snow-keeps-falling-in-newyorkअमेरिकामा केही क्षेत्रलाई आपतकालिन अवस्थाको घोषणा समेत गरिएको छ । केही शहरमा सडक, रेल र वायु यातायात पनि ठप्प भएका छन् । जाडोले यहाँ पोछिल्लो तीण दिनमा करिव २० जनाको ज्यान गइसकेको छ ।

heavy-snow-keeps-falling-in-newyork2न्युयोर्क राज्यमा हिऊँको तूफानले निकै उग्र रूप लिएको छ । यहाँ ६ फिटभन्दा बढी हिउँ परेको छ । पछिल्लो तीन दिनमा यहाँ वर्षभरीकै बराबर हिउँ परेको छ । लाखौ मानिस आफ्नो कार र घरमा बन्द भएका छन् । एक प्रतिवेदन अनुसार सयौ सवारी साधन हिऊँले पुरिएका छन् । यस्तै, घर वरिपरिको हिऊँ हटाउनकालागि मानिसहरूले निकै प्रयास गरिरहेका छन् । यसक्रममा केही घरमा क्षति समेत पुगेको छ ।

heavy-snow-keeps-falling-in-newyork3मौसम विभागका अनुसार अघिल्लो २४ घण्टामा तीन फीट हिऊँ पर्ने आशंका गरिएको छ । विभागका अनुसार प्रतिघण्टा पाँच इन्च हिऊँ परिरहेको छ । उल्लेखनीय यो छ की अमेरिकामा सन् १९७६ पछि पहिलो पटक नोभेम्बरमा यति धेरै चिसो बढेको हो । यस्तो जाडो डिसेम्बरको अन्तिम सातादेखी फ्रेबुअरीसम्म रहन सक्ने अनुमान गरिएको छ ।

heavy-snow-keeps-falling-in-newyork5 heavy-snow-keeps-falling-in-newyork4


  •  
  •  
  •