काठमाडौं, ११ कात्तिक । अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालले मृतक घोषित मानिसको मुटु अर्को मानिसको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेपछि यसको चौतर्फी चर्चा छ । मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूको टोलीमा नेपाली डा. कुमुद धिताल पनि रहेकाले नेपालमा यसबारे अझ बढी चर्चा छ । यसअघि पनि मुटु प्रत्यारोपण गरिएको थियो । मुटु प्रत्यारोपणका केही घटनासहित मुटुसम्बन्धी रोचक कुरा यस्ता छन् :
अस्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालले मृतक घोषित मानिसको मुटु अर्को मानिसको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेपछि यसको चौतर्फी चर्चा छ । मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूको टोलीमा नेपाली डा. कुमुद धिताल पनि रहेकाले नेपालमा यसबारे अझ बढी चर्चा छ । यसअघि पनि मुटु प्रत्यारोपण गरिएको थियो । मुटु प्रत्यारोपणका केही घटनासहित मुटुसम्बन्धी रोचक कुरा यस्ता छन् :
- एउटा ट्रकलाई ३२ किलोमिटरसम्म कुदाउन आवश्यक पर्ने ऊर्जा मानिसको मुटुले प्रतिदिन सिर्जना गर्छ । जीवनभरिमा मानिसको मुटुले एउटा ट्रक चन्द्रमासम्म पुगेर पुन: पृथ्वीमा फर्किन लाग्ने दुरी पार गर्न आवश्यक पर्ने ऊर्जा सिर्जना गर्छ ।
- शरीरबाट अलग गरेपछि पनि मुटु ढुकढुक गरिरहन्छ, किनकि मुटु आफ्नै विद्युतीय इम्पल्सबाट चल्ने गर्छ । अक्सिजन उपलब्ध हुने हो भने मुटु लामो समयसम्म आफ्नै तालमा धड्किन सक्छ ।
- सय खर्ब कोषले मुटुमार्फत रगत ग्रहण गर्ने गर्छन् । आँखाको स्वेतपटल (कोर्निया)ले भने मुटुबाट रगत ग्रहण गर्दैन ।
- सातामा न्यूनतम तीनपटक सेक्स गर्नेहरूलाई कोरोनरी मुटुरोग लाग्ने सम्भावना ५० प्रतिशत कम हुन्छ ।
- मानिसको मुटुले जीवनभरिमा १५ लाख ब्यारल रगत पम्प गर्ने गर्छ । यति ब्यारल रगतले दुई सय ठूला ट्यांकर भरिन्छ ।
- स्वस्थ मुटुले एक दिनमा ७५ सय लिटर रगत पम्प गर्ने गर्छ ।
- भर्खरै जन्मिएको बालकको शरीरमा एक कप रगत सञ्चार हुने गर्छ । जवान मानिसको शरीरमा करिब चार लिटर रगत हुन्छ, जसलाई मुटुले हरेक तन्तुसम्म पुर्याउने काम गर्छ ।
- महिलालाई हृदयाघात हुने वेलामा छाती दुख्नेभन्दा पनि वाकवाकी लाग्ने, अपच हुने, कुम दुख्नेलगायत लक्षण देखिने गर्छ ।
- एक दिनमा मुटु एक लाखभन्दा बढीपटक ढुकढुक गर्ने गर्छ ।
- घरमा बिरालो पाल्ने मानिसलाई हृदयाघात हुने सम्भावना एक तिहाईले कम हुने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।
- औषधि पसलमा पाइने मल्टिभिटामिन्स सेवन गर्नेलाई क्यान्सर र हृदयरोग लाग्ने सम्भावना बढी हुने विभिन्न अनुसन्धानले देखाएको छ ।
- मुटुका लागि ठाउँ बनाउन देब्रे फोक्सो दाहिनेभन्दा सानो हुन्छ । किनकि, मुटु छातीको देब्रे साइडमा हुन्छ ।
- शाकाहारी भोजन गर्ने मानिसको मुटुसम्बन्धी रोगबाट मृत्यु हुने सम्भावना १९ प्रतिशत कम हुन्छ ।
- कालो चकलेट हरेक दिन खानाले मुटुसम्बन्धी रोग लाग्ने सम्भावना एक तिहाईले कम हुन्छ ।
- प्रेममा परेको जोडीले एकअर्कासँग प्रेमपूर्ण वातावरणमा आँखा जुधाए भने उनीहरूको मुटु तीन मिनेटसम्म एकै समय धड्किने गर्छ ।
- एउटा स्वस्थ युवकको मुटु प्रतिमिनेट ७२ पटक, प्रतिदिन लाखपटक र प्रतिवर्ष ३६ लाखपटक ढुकढुक गर्ने गर्छ ।
- गर्भाधान भएको चार सातापछि भ्रूणको मुटु धड्किन सुरु हुन्छ, जुन नमरुञ्जेलसम्म जारी रहन्छ ।
- प्राचीन युनानी दार्शनिक प्लेटोले मानिसको तर्क दिमागबाट, प्रेमपूर्ण भाव मुटुबाट निसृत हुने मान्यता अघि सारेका थिए । प्लेटोको यही मान्यताबाट ‘हार्टफेल्ट’ शब्द जन्मिएको हो ।
- लागुऔषध कोकिन सेवन गर्नेहरूको मुटुको विद्युतीय गतिविधिमा ह्रास आउने गर्छ, जसकारण कहिल्यै मुटुको रोगको संकेतसम्म नदेखिएको स्वस्थ मानिसलाई हृदयाघात हुन सक्छ ।
- दक्षिण अफ्रिकाका डा. क्रिस्टियान बर्नाडले सबैभन्दा पहिले सन् १९६७ को डिसेम्बरमा एउटाको मुटु अर्काको शरीरमा सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । लुइस वासान्स्की नाम गरेका व्यक्तिको शरीरमा मुटु प्रत्यारोपण गरिएको थियो । तर, नयाँ मुटु पाएको १८ दिनमै लुइसको निधन भएको थियो ।
- सन् २००८ मा अमेरिकी राज्य जर्जियाका सोनी ग्राहम नाम गरेका व्यक्तिले आत्महत्या गरेको खबरले ठूलो चर्चा कमाएको थियो । उनको शरीरमा टेरी कोट्ले नाम गरेका मानिसको मुटु प्रत्यारोपण गरिएको थियो । आत्महत्या गरेका टेरीको मुटु लिएर नयाँ जीवन पाएका सोनीले १२ वर्षपछि टेरीले जस्तै सटगनबाट आफ्नै घाँटीमा गोली प्रहार गरी आत्महत्या गरेका थिए ।
- महिलाको मुटु पुरुषको भन्दा छिटो ढुकढुक गर्ने गर्छ । एउटा औसत मानिसको मुटु प्रतिमिनेट ७० पटक र महिलाको प्रतिमिनेट ७८ पटक धड्किने गर्छ ।
- मुटुको धड्कन जाँच्न प्रयोग गरिने स्टेथेस्कोप एउटी मोटी महिलाका कारण अविष्कार भएको हो । अत्यधिक ठूलो स्तन भएकी महिला फ्रान्सकी डा. रेन लिनेककोमा पुगिन् । बिरामीको स्तन ठूलो भएकाले डा. रेनलाई बिरामीको छातीमा कान लगेर मुटुको धडकन सुन्न सम्भव भएन । त्यसपछि उनले स्टेथेस्कोप अविष्कार गरिन् ।
- मानिसको शरीरमा सबैभन्दा कडा काम गर्ने मांसपेशी मुटु हो ।
- एकै ठाउँ बसिरहने मानिसलाई मुटुरोग लाग्ने सम्भावना बढी हुन्छ । एउटा अनुसन्धानले टिभी र कार दुवै भएका मानिसलाई मुटुसम्बन्धी रोग लाग्ने सम्भावना २७ प्रतिशत बढी हुने तथ्य पत्ता लगाएको थियो ।
- प्रदूषणले फोक्सोलाई मात्र होइन, मुटुलाई पनि प्रत्यक्ष असर गर्छ ।
- विभिन्न अनुसन्धानले नियमित कफी पिउने मानिसलाई मुटुसम्बन्धी रोग कम लाग्ने गरेको पत्ता लगाएका छन् ।
- महिलाको मुटु पुरुषको भन्दा सानो हुन्छ ।
- पेट मिचिने गरी हाँस्दा शरीरमा रक्तसञ्चार बढी हुन्छ, जसले गर्दा मुटुसम्बन्धी रोग लाग्ने सम्भावना घट्छ । त्यसैले डाक्टरहरूले मुटुरोगीलाई पेट मिचिमिची हाँस्ने सल्लाह दिने गरेका छन् ।
- सबैभन्दा ठूलो मुटु भएको प्राणी ब्लु ह्वेल हो । ६ सय ८० केजी मुटु भएको ब्लु ह्वेल फेला परिसकेको छ ।
- मुटुसम्बन्धी रोगबाट छुटकारा पाउने सबैभन्दा उत्तम उपाय नियमित व्यायाम हो ।
- डेभिड लेटरम्यान, बिल क्लिन्टन, रोबिन विलियम्स, बारबरा वाल्टर्स, आर्नोल्डलगायत सेलिब्रेटीहरूको मुटुको शल्यक्रिया भएको छ ।
- नयाँपत्रिकाबाट
Comments are closed.