स्वास्थ्यकर्मी आन्दोलित

193
  •  
  •  
  •  

काठमाडौं २८ पुस । बढुवा भएका स्वास्थ्यकर्मीहरूले तत्काल पदस्थापना गर्नुपर्नेलगायत १३ बुँदे माग राख्दै मुलुकभरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्।
नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल स्वास्थ्यकर्मी संघ, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संघले आइतबारदेखि स्वास्थ्य सेवा विभागमा रिले अनशन सुरु गरेका हुन्।

हेल्थ असिस्टेन्ट एसोसिएसन नेपाल (हान) ले पनि विभिन्न माग राख्दै स्वास्थ्य मन्त्रालय परिसरमा धर्ना दिएको छ। रिले अनशनमा करिब पाँच सयजना स्वास्थ्यकर्मी सहभागी भएको अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्र कार्कीले बताए।

उनीहरूले सम्बन्धित तहमा बढुवा भएका स्वास्थ्यकर्मीहरूको सम्बन्धित पदमा तत्काल पदस्थापना गर्नुपर्ने, स्वास्थ्य सेवा ऐन संशोधनको प्रक्रिया तत्काल सुरु गर्नुपर्ने, सरुवाबढुवा, तालिम तथा अध्ययन तथा अवलोकन भ्रमण पारदर्शी बनाई शैक्षिक योग्यताको कदर गर्ने परिपाटीको थालनी गर्नुपर्ने, स्वास्थ्यकर्मीहरूले २४ घन्टे ड्युटी गरेबापत पाउनुपर्नेलगायतका माग अघि सारेका छन्। अन्नपूर्णपोष्टबाट

  •  
  •  
  •