काठमाडौं, ५ माघ (ओएनएस) : स्वास्थ्य मन्त्रालयले विभिन्न २५ जिल्लामा ६ सय ५८ करार सेवामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।
स्वास्थ्य मन्त्रालय, मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले बुधबार विज्ञापन प्रकाशित गर्दै स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, अहेब, ल्याब टेक्निसियन , सहायक फर्मासिष्ट, एनेस्थिटिक सहायक लगायत पदमा ६ सय ५८ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
सूचना जारी भएको १५ दिनभित्र मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयल हेटौडा र निर्देशनालयले तोकेका स्थानमा दरखास्त दिन सकिने छ ।
सहायक चौथोको लागि १ सय र सहायक पाँचौंका लागि १ सय ५० रुपैयाँ दरस्तुर तोकिएको छ ।