आजकलको भागदौडको जीवनमा कतिपय मानिसले राम्रोसँग सुत्ने मौका समेत पाउँदैनन् । मानिसले दैनिक रुपमा ८ घण्टा सुत्नुपर्ने चिकित्सकहरू बताउँछन् । तर, मानिसहरू आफ्नो व्यस्तता कारण ४ घण्टा पनि सुत्न नपाउने अवस्थामा छन् । आफूलाई अरूभन्दा अगाडि र अब्बल देखाउनका लागि मानिसले रातदिन नभनेर काम गर्दै आफ्नो निन्द्रा समेत पुरा गर्न छाडेका छन् । यसले मानिसको शरीरमा प्रतिकुल प्रभाव पार्दछ ।
निन्द्रा नपुग्दा विभिन्न थरीका समस्या आउने गर्छ । थाहा पाऔँ कम सुत्नाले भविष्यमा आउन सक्ने समस्या के के हुन् :
– कम सुत्नाले धमिलो देखिने, कम देख्ने जस्ता समस्या आउन सक्छन् । जति कम सुत्ने गर्छौ यस्ता समस्याले त्यति नै चाँडो हामीलाई असर गर्छ ।
– दैनिक रूपमा ४ घण्टा भन्दा कम सुत्नाले उच्च रक्तचापको समस्या आउन सक्छ ।
– कम सुत्ने मानिसमा हार्मोन असन्तुलित हुन्छ र भोक धेरै लाग्ने गर्छ । धेरै क्यालोरी भएको खाना खान मन लाग्छ जसले मोटोपन बढाउँछ ।
– कम सुत्नाले शरीरलाई रोगबाट बचाउने इम्युन सिस्टममा पनि समस्या आउँछ । पटक-पटक बिरामी हुने सम्भावना बढ्छ ।
– कम सुत्ने मानिसमा पाचन प्रणालीमा पनि समस्या आउन सक्छ । यसका कारण कब्जियत, एसिडिटी र पेटको समस्या आउन सक्छ ।
– शरीरको इन्सुलिन रेजिस्टेन्स क्षमतामा प्रभाव पर्छ र मधुमेह हुने सम्भावना बढ्छ ।
– तनाव, डिप्रेसन जस्ता समस्या आउन सक्छ ।
– सामान्य मानिसभन्दा कम सुत्ने मानिसमा अल्जाइमर्स हुने सम्भावना बढी हुन्छ ।