एक चक्की सिटामोल दिनेलाई सित्तैंमा छ्याङ

57
  •  
  •  
  •  

काठमाडौं २ भदौ ।
ल्लाको पूर्वीक्षेत्र करानभेगका लामा समुदायमा घरमा नयाँ मान्छे आए भने एक चक्की सिटामोल माग्छन्। पाहुनाले दिएको एक चक्की सिटामोलको बदला उनीहरूले कोदोको छ्याङखुवाउने गर्छन्।

आफ्नो गाउँनजिक रहेका स्वास्थ्य संस्थामा ताला लगाएर स्वास्थ्यकर्मी सदरमुकाममा बस्न थालेपछि सामान्य टाउको दुख्दा खाने सिटामोलसमेत नपाएपछि गाउँमा नयाँ मान्छे जानेबित्तिक्कै औषधि माग्छन्। सिटामोल दिनेलाई घरमा बोलाएर छ्याङले स्वागत गर्छन्।

करान भेगका पुलु, किम्री, डोल्फु र मुगुका दुई हजार नौ सय ५७ जनाले न स्वास्थ्य सेवा पाएका छन्, न त स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी नै देख्न पाएका छन्। जिल्ला अस्पतालसहित २४ गाविसमा स्वास्थ्य संस्था रहे पनि करान भेगका चार गाविसमा स्वास्थ्यकर्मी बस्दैनन्।

यी गाविसमा स्थायी दरबन्दी भएका स्वास्थ्यकर्मी सधैं सदरमुकाम गमगढीमा बस्ने गरेका छन्। अहिले करारमा रहेकाहरूको पनि म्याद सकिएकाले स्वास्थ्य संस्था बन्द रहेको जानकारी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भक्त देव श्रेष्ठले दिए। अन्नपूर्णपोष्टबाट

 


  •  
  •  
  •