जिल्ला जिल्लामा रहेका जिल्ला जन/स्वास्थ्य कार्यालय तत्काल खारेज नहुने

801
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : जिल्ला जिल्लामा रहेका जिल्ला जन/स्वास्थ्य कार्यालय तत्काल खारेज नहुने भएकाे छ । सरकारले नयाँ संरचना अनुसार जिल्ला जिल्लामा रहेका जनस्वास्थ्य तथा स्वास्थ्य कार्यालयहरु खारेज गर्न भनिएपनि तत्काल खारेज नगर्ने  निर्णयमा पुगेकाे छ।

यसअघि सरकारले आगामि चैत २८ गतेबाट देशभरका जिल्ला स्वास्थ्य कार्यालय खारेज गर्ने नीति लिएकाे थियाे तर, यसअघि ति कार्यालयहरुबाट हुँदै आइरहेका जनस्वास्थ्यका कार्यक्रमहरु जस्तै, खोप, मातृशिशु स्वास्थ्य, परिवार नियोजनका साधन तथा निशुल्क औषधि वितरण लगायतका कार्यक्रममा अवरोध हुने देखिएपछि स्वास्थ्य मन्त्रालयले तत्काल कार्यालय खारेज नगर्ने तयारी अगाडि बढाएको हो।

मन्त्रालयको नीति योजना तथा अन्तराष्ट्रिय समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले नाम फरक भए पनि पुरानै संरचना अनुसार यी कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको बताए।

‘प्रादेशिक संरचना अनुसार ती कार्यालयहरु रहनेछन्,’ उनले भने, ‘जनस्वास्थ्यका कुनै पनि काम प्रभावित नहुन भनेर अर्को व्यवस्था नहुन्जेलसम्मका लागि यो तयारी भएको हो।’


  •  
  •  
  •