प्रधानमन्त्रीका कारण न्याम्समा पदाधिकारीको नियुक्तीमा ढिलाई : स्वास्थ्यमन्त्री

159
  •  
  •  
  •  

khagaraj-adhikaryकाठमाडौं, साउन १६ (ओएनएस) :  स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा प्रधानमन्त्रीको कारण पदाधिकारी नियुक्ती हुन नसकेको खुलासा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले न्याम्समा सिफारिश समितिले उपकुलपतिका लागि तोकिएकै समयभित्र कानुन सम्बद्ध ढंगले नाम सिफारिश गरे पनि प्रधानमन्त्री सुशिल कोइरालाले अनुमोदन नगर्दा पदाधिकारी नियुक्तीमा ढिलाई भएको बताए । उनले भने, ‘सिफारिश समितिमा म सहकुलपतिको हैसियतले पदेन सदस्य र प्रधानमन्त्रीले तोकेका दुई जना सदस्य सहितको समितिले गरेको सिफारिशलाई अनुमोदन नगर्दा आफू आश्चर्यमा परेको छु ।’ मन्त्री अधिकारीले आक्रोश पाख्दै प्रधानमन्त्रीले किन अनुमोदन गरेनन् भन्नेबारे आफू बेखवर रहेको बताए ।

मन्त्री अधिकारीले उपकुलपति नियुक्तीमा ढिलाई हुँदा अन्य पदाधिकारीको नियुक्तीमा पनि ढिलाई भएको जिकिर गर्दै उपकुलपति नियुक्ती भएको दुई दिनभित्रै सबै पदाधिकारीको नियुक्ती गर्ने उद्घोष समेत गरेका छन् । उनले भने, ‘राष्ट्रिय रुपमा नै ख्यातिप्राप्त वीर अस्पताल अहिले यही कारणले ११ दिनदेखि आवासीय चिकित्कहरूको हड्तालको चपेटामा परि बन्द छ । आन्दोलनकारीको माँग पूरा गर्ने पक्षमा म छु । त्यसका लागि मैले तत्काल नै सिटि स्क्यान र एमआरआई खरिद गर्न निर्देशन दिसकेको छु । मलाई आशा छ, केही दिनभित्रै हामी यी साम्रागी ल्याउने छौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आँफैमा स्वायत्त निकाय भएको बताउँदै सहमती र सहकार्यमा नै माँगको व्यवहारिक पक्षबाट समाधान गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री अधिकारीले आईतबारबाट हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा आफूहरूले स्वास्थ्य सेवाको विकास र विस्तारका लागि सवै खाले सहयोगको संभाव्यतावारे छलफल गर्ने बताउँदै भारतीय सहयोगमा निर्माणधिन नेपाल–भारत मैत्री ट्रमा सेन्टरको निरिक्षण समेत गराउने विश्वास व्यक्त गरे । यस विषयमा पनि मैले पराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई समेत जानकारी गराउँदै सार्थक वार्ताका लागि पहल गरिदिन समते आग्रह गरेको मन्त्री अधिकारीले बताए ।


  •  
  •  
  •