कार्यक्षेत्र नजाने चिकित्सकलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री

179
  •  
  •  
  •  

khagaraj-adhikaryकाठमाडौ, ७ बैशाख (ओएनएस) :  स्वास्थ्यमन्त्री खगराज अधिकारीले सरकारले दिएको अल्टिमेटमभित्र पनि आफ्नो कार्यक्षेत्रमा नजाने चिकित्सकलाई कारवाही गरेर नयाँ नियूक्ती गर्ने तयारीमा सरकार रहेको खुलासा गरेका छन ।

सोमबार राजधानीमा आयोजित कार्यत्रक्र उनले केही चिकित्सकहरु कार्यक्षेत्रमा नगएकोले उनीहरुलाई २४ घण्टाभित्र कार्यक्षेत्र जान निर्देशन दिईएको जानकारी दिदै अल्टिमेटभित्र पनि नगएकाहरुलाई कारवाही गरेर नयाँ नियूक्ती प्रक्रिया अगाडि बढेको बताए ।

मन्त्री अधिकारीले जाजरकोटमा २ सय स्वास्थ्यकर्मीहरु चौविसै घण्टा प्रभावित क्षेत्रमा खटिरहेको जानकारी दिदै उपचारमा चिकित्सक अभाव नरहेको दावी गरे ।

उनले प्रभावित क्षेत्रमा खटिएका चिकित्सकहरुले महामारी नियन्त्रण उन्मुख रहेको जानकारीसहित केही दिन भित्रमा नियन्त्रणमा आउने रिर्पोर्टिङ्ग गरेको बताउँदै जाजरकोटसँग जोडिएका जुम्ला, रुकुम दैलेख र सुर्खेत लगायतका जिल्लाहरुमा समेत सर्तकता अपनाएर परिक्षण सुरु गरिसकिएको जानकारी दिए ।

मन्त्री अधिकारीले अहिलेसम्म स्वास्थ्य परिक्षण गरिएको ४ हजार विरामी मध्ये २५ प्रतिसतमा मात्र फ्लुको सक्रमण पाईएको बताउँदै निधन भएका मध्ये पनि ३३ प्रतिसत कममा मात्र स्वाईन फ्लुको जिवाणु भेटिएको बताए ।

उनले भने, ‘जाजरकोटमा निधन भएका सबैको कारण स्वाईन फ्लु होईन । विभिन्न कारणले निधन भएका छन । ३३ प्रतिसत भन्दा कम मृत्यूको कारणमात्रै स्वाईन फ्लु हो । ’

विरामीको उपचार गर्न गएका चिकित्कसहरु नै विरामी परेर फर्किएको समाचारको खण्डन गर्दै मन्त्री अधिकारीले एक जना हेल्थ असिस्टेन्टमात्रै अहिलेसम्म विरामी परेको स्पष्ट पारे ।

उनले भने, ‘सबै स्वास्थ्य कर्मीहरु दिनरात नभनी उपचार गरिरहनु भएको छ । उहाँहरुको मनोबल घटाउने काम गर्नु हुन्न । एकजना हेल्थ असिष्टेन्ट चाँही विरामी परेपछि उपचारको लागि ल्याएको तर उनी विरामी भएको कारण स्वाईन फ्ुलु नै भएको पुष्टि भएको छैन ।’

उपचारलाई थप प्रभावकारी बनाउन औषधी चिकित्सक र विरामी ल्याउन लैजान सुर्खेतमा हेलिकप्टर राख्ने तयारी गरिरहेको जानकारी दिदै आवश्यक रकम समेत पठाईसकिएको र १३ बटै पोईन्टमा रहेर उपचार गरी महामारी छिटो नियन्त्रणमा लिने गरी काम भईरहेको दावी गरे ।

जाजरकोटलाई अहिले नै स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गर्नु पर्ने आवश्यकता नभएको भन्दै घोषणा गर्न समेत विभिन्न कानूनी अडचनहरु रहेको सुनाए । उनले भने–संकटग्रस्त क्षेत्र घोषणा गर्दा आउन सक्ने समस्याको विषयमा सरकार सचेत रहेको छ ।


  •  
  •  
  •