चिकित्सकहरुले राज्यको नीति पालना गरेनन् : मन्त्री अधिकारी

264
  •  
  •  
  •  

khagaraj-adhikariकाठमाडौ, मंसिर २१ (ओएनएस) :  स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले राज्यको तलब सुबिधा लिने चिकित्सकहरुले जनताको स्वास्थ्य अधिकारमाथी खेलवाड गरेको आरोप लगाएका छन् । नेपाल युवा सस्था संजाल (आयोन) ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले शहर केन्द्रित चिकित्सकहरुले राज्य कोषबाट तलब खाने तर खटाएको ठाउँमा सेवा दिन अटेरी गरेकोले जनताको स्वास्थ्य अधिकार सुनिश्चीत हुन नसकेको दाबि गरे ।

उनले आफुले सरकारी चिकित्सकहरुलाई दुर्गम ठाउँमा गएर सेवा दिन निर्देशन दिदा नेपाल चिकित्सक संघले गरेको बिरोधप्रती आपत्ति जनाए । मन्त्री अधिकारीले चिकित्सकहरुले राज्यको नीति निर्णय पालना नगर्ने भए स्वास्थ्य मन्त्रालयको आबश्यकता नै नभएको धारणा समेत राखे । ध्रुम्रपान नियन्त्रण गर्न सुर्तिजन्य पदार्थहरुमा कर बढाउनुपर्नेमा जोड दिदै उहाँले अर्थ र कानुन मन्त्रालयले सुर्तिजन्य पदार्थलाई सुनको अण्डा पार्ने कुखुराको रुपमा बुझेर आफुले अघि सारेको बिधेयक अलपत्र पारेको जिकीर गरे ।

केहि वर्ष यता मातृ मृत्युदर घटाएर नेपालले उलेख्य प्रगती हाँसिल गरेको भन्दै उनले सरकारले अब महिला स्वास्थ्यको बिषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताए । स्वास्थ्यका क्षेत्रमा दाताहरुले राखेका शर्तहरु आफुले कुनैपनि हालतमा स्विकार नगर्ने उनको भनाई थियो ।


  •  
  •  
  •  

Comments are closed.