धनगढी, ७ पुस (अाेएनएस) : ३ जिल्लाबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम बिहीबारबाट बैतडीमा पनि सुरु भएको छ ।
पहिलो चरणमा कैलाली, बागलुङ्ग र इलामबाट सुरु भएको स्वास्थ्य बीमा बिहीबार बैतडीमा सुरु भएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले जानकारी दिए । स्वास्थ्य बीमाका लागि बैतडीमा दर्ता प्रक्रिया सुरु भइसकेको छ ।
दोस्रो चरण अन्तर्गतको कार्यक्रममार्फत् शनिबारबाट अछाममा पनि स्वास्थ्य बीमा कार्यक्रम लागू हुने जानकारी दिँदै डा. लोहनीले २५ जिल्लामा विस्तार हुने बताए ।
३ जिल्लामा २५ हजारले स्वास्थ्य बीमा गरिएका छन् ।
स्वास्थ्य बीमाका लागि ५ जनाको परिवारले २५ हजार जम्मा गर्नुपर्छ । बीमा गरेपछि १ बर्षसम्म ५० हजारसम्मको उपचार निःशुल्क रुपमा उपचार पाउछन् । ५ जना भन्दा बढी सदस्य रहेका परिवारले प्रतिसदस्य ४ सय २५ का दरले थप शुल्क तिर्नुपर्ने हुन्छ ।
सरकारको २०७२ चैतदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको थियो ।