जुम्लामा १४ हजारको स्वास्थ्य बीमा

268
  •  
  •  
  •  

सुर्खेत, ९ वैशाख (ओएनएस): जुम्लामा स्वास्थ्य बीमा गर्नेहरुको संख्या बढेको छ।

जिल्लामा गत असार १ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकोमा १४ हजार ५८ जनाले स्वास्थ्य बीमा गर्दा ५७ लाख संकलन भएको छ।

जुम्लाका २० हजार घरधुरी संख्यामध्ये दुई हजार २ सय घरधुरीका १४ हजार ५८ जनाले बिमा गरेका हुन्। स्वास्थ्य बिमा गरेका मध्येबाट हालसम्म चार हजार ४ सय २८ जनाले स्वास्थ्य बिमा सेवा लिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल रेकर्डर मेघराज बुढाले जानकारी दिए।

जुम्लाको कूल एक लाख आठ हजार ९ सय २१ जनसंख्यामा १०.११ प्रतिशतले स्वास्थ्य बिमा गरेका छन्। जहाँ तीन लाख ५० हजार ८ सय ४ कूल जनसंख्या भएको सुर्खेतमा ४.०१७ र कूल जनसंख्या एक लाख ७१ हजार ३ सय ४ भएको जाजरकोटमा ६.१७ प्रतिशतले मात्र स्वास्थ्य बीमा गरेको उनले बताए।


  •  
  •  
  •