लक्ष्मी ग्रुपद्वारा गण्डकी प्रदेशलाई स्वास्थ्य सामग्री सहयाेग

282
  •  
  •  
  •  

काठमाडौं । लक्ष्मी ग्रुपले गण्डकी प्रदेश सरकारलाई आइतबार ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सरकारको विशेष कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा १ करोडको आर्थिक सहयोग गर्ने घोषणा गरे अनुसार ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

ग्रुपले ६ सय थान पीपीई, त्यति नै संख्यामा पञ्जा र चस्मा, ३ हजार ६ सय थान एन ९५ मास्क प्रदान गरेको छ ।
उक्त सामग्री आवश्यकता अनुसार प्रदेशका जिल्लाहरुमा प्रयोग गरिने छ ।

गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १९९ रहेको छ ।


  •  
  •  
  •