बहुमतले पारित चिकित्सा शिक्षा अध्यादेश

169
  •  
  •  
  •  

काठमाडौं, २० चैत (ओएनएस) : प्रतिनिधिसभाको आजको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले पेश गरेको ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित गरेका छ।

अध्यादेश पारित हुने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अध्यादेशमा रहेकाे केही बुँदामा फरक मत राखेका थिए तर अध्यादेश पारित गर्ने पक्षमा बहुमत भएकाेले उनकाे फरक भने अस्वीकृत भएको छ। यस अध्यादेशमा रहेका कमीकमजोरी प्रतिस्थापन विधेयकमार्फत पारित गर्ने गरी अध्यादेश पास भएको हो। मंगलबार नै बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिस्थापन विधेयक ल्याउने निर्णयसमेत गरिसकेको छ ।

शिक्षामन्त्री पोखरेलले अध्यादेशमा भएका कमजोरी प्रतिस्थापन विधेयकमा सच्याउने सकिने भन्दै पास गर्न प्रस्ताव गरेका थिए। उक्त अध्यादेश निकै ठूलो बहस र छलफलपछि ल्याइएको बताउँदै उनले थप व्यवस्थित बनाउन सकिने विचार राखेका थिए।

सांसद प्रेम सुवालले अध्यादेशमा काठमाडौं उपत्यकामा १० वर्ष खोल्न नदिने, निजी मेडिकल कलेज खारेज हुनुपर्ने, एमबिबिएसका लागि ३ सय शय्या र नर्सिङमा पनि एक सय शय्या हुने, ५ भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाउने लगायतका बुँदामा फरक मत राखेका थिए।

 


  •  
  •  
  •