एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

339
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) : विश्व मुटु दिवस २०१४ को अवसरमा लाजिम्पाट क्लब र नेपाल कार्डियो डाईबेटिज एण्ड थाइरोइड सेन्टरको संयुक्त आयोजनामा एक दिवसीय निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल कार्डियो डाईबेटिज एण्ड थाईरोइड सेन्टर लाजिम्पाटमा सञ्चालन गरिएको उक्त एक दिवसीय शिविरको उद्घाटन भने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई र स्थानीय वृद्धले संयुक्त रुपमा गरे । शिविर सञ्चालनसँगै बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई, प्रमुख अतिथि डा. आन्द्रेई जिवेन्द्र झा, डा. पूजा पौडेल, डा. कमल सुवेदी, डा. विरेन्द्र यादवले स्वास्थ परिक्षण गरेका थिए ।
बरिष्ठ मुटु रोग विशेषज्ञ डा.अनिल भट्टराईले आउँदो विश्व मुटु रोग दिवसको अवसर पारेर आफूहरुले सवैलाई मुटु रोग वारे जनचेतना फैलाउने उद्येश्यले शिविरको आयोजना गरेको बताएका छन् ।
लाजिम्पाटका क्लबका अध्यक्ष सुर्यलाल महर्जन एवम नेपाल कार्डियो डाईबेटिज एण्ड थाईरोइड सेन्टर लाजिम्पाटका सञ्चालक दिनेश ढकालका अनुसार करिव ३ सय भन्दा बढी मुटु रोगीहरुलाई ईसीजी, लिपिड प्रोफाईल, रेनल फंक्सन तथा ब्लड जाँचहरु निशुल्क गरिएको छ ।


  •  
  •  
  •