स्वास्थ्य विधेयकमा ट्रम्पलाई झडका

123
  •  
  •  
  •  

REUTERS
REUTERS

काठमाडाैं, १२ चैत (एजेन्सी) : तत्कालिन राष्ट्रपति बाराक ओबामाको कार्यकालमा लागू भएको स्वास्थ्य सेवा सम्बन्धी कानून खारेज गरी संसदबाट नयाँ विधेयक पारित गराउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना बिफल भएको छ ।

ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवासम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएको बीबीसीले जनाएको छ ।
आफ्नै पार्टीबाट पर्याप्त समर्थन प्राप्त नभएपछि संसदमा मतदानको केही अघि स्वास्थ्य सेवा सम्बन्धी विधेयक रिपब्लिकनहरुले फिर्ता लिएका थिए ।

न्यूनतम २ सय १५ रिपब्लिकनको समर्थन जुटाउन नसकेपछि अन्तिम समयमा गरिएको उक्त निर्णयलाई ट्रम्पमाथिको ठूलो धक्काका रुपमा हेरिएको छ ।

चुनावी अभियानका क्रममा पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको स्वास्थ्य सेवा सम्बन्धी कानून खारेज गर्ने उनले वाचा गरेका थिए।


  •  
  •  
  •