प्याज खानुका गज्जबका १० फाइदा

1066
  •  
  •  
  •  

Onionहाम्रो दैनिक खानामा प्रयोग हुने वस्तु हो प्याज । खानालाई मिठो बनाउन प्रयोग गरिने प्याजले खानालाई मिठो बनाउने मात्र नभई स्वास्थ्यलाई फाइदा गर्ने गर्छ । विज्ञहरूका अनुसार प्याज केही बिरामी हुनबाट रोक्न र उपचारका लागि सहयोगी हुने गर्छ । प्याज खानाले स्वास्थ्यमा हुन केही फाइदाहरू यस्ता छन्ः

– पाचन प्रणाली : प्याज खानाले पाचन प्रणालीमा पाचन जुसको मात्रामा बृद्धी हुन्छ । जसले पाचन प्रणालीसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ ।

– ज्वरो : प्याजको रसमा मह मिसाएर खानाले ज्वरो, खोकी, घाँटीमा हुने खसखस र एलर्जीबाट राहत पाउन सकिन्छ ।

– ब्लड सुगर : प्याजमा क्रोमियम हुन्छ, जसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

– कोलस्टोरेल कम गर्न : काँचो प्याज खानाले कोलस्टोरेलको मात्रा कम हुन्छ । यसले मुटुलाई स्वस्थ राख्छ ।

– दुखाईमा : प्याजको रस लगाउनाले दुखाईमा राहत मिल्छ र इन्फेक्सन पनि ठिक हुन्छ ।

– रोग प्रतिरोधी क्षमतामा बृद्धी : प्याजमा रहेको फायटोकेमिकल्स र भिटामिन सीले रोग प्रतिरोधक क्षमता बढाउँछ ।

– मौरीले टोक्दा औधषी : मौरीले टोकेको ठाऊँमा प्याजको रस लगाउनले दुखाईबाट राहत मिल्छ ।

– ग्याष्ट्रिक र अल्सर : प्याजको रस फ्रि रेडिकल्स सफा गरेर ग्याष्ट्रिक तथा अस्लरबाट बचाउन मद्दत गर्छ ।

– नाकबाट रगत बग्ने समस्यामा : काँचो प्याज काटेर सुघ्नाले नाकबाट बगिरहेको रगत बन्द हुन्छ ।

– क्यान्सरबाट बच्न : प्याजमा रहेको क्युर्सेन्टिनले कम्पाउण्ड क्यान्सरबाट बचाउन मद्दत गर्छ ।


  •  
  •  
  •