आज विश्व मुटु दिवस विविध कार्यक्रम गरी मनाइँदै

108
  •  
  •  
  •  

काठमाडौं, १३ असोज (ओएनएस) “कठिन होइन स्वस्थ मुटुको उपायहरु रोजौ” भन्ने मुल नाराका साथ आज विश्व मुटु दिवस मनाइदैछ । दिवसको अवसरमा आज सरकारी तथा गैर सरकारी निकायहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

विश्वमा झन्डै १ करोड ७३ लाखभन्दा बढी मानिस प्रत्येक वर्ष यस रोगका कारण ज्यान गुमाइरहेका छन् । नेपालमा पनि कुल जनसंख्याको झन्डै ८ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मुटुरोगबाट ग्रसित भएको सरकारी तथ्याङ्क छ । विश्व मुटु महासंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर महिनाको अन्तिम हप्ता विश्व मुटुरोग दिवस मनाउने गरिन्छ ।

सूर्ति तथा सूर्तिजन्य पदार्थको व्यापक प्रयोग, मधुमेह, अस्वस्थ आहार–व्यवहार, मद्यपान, उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोललगायतका कारणले मुटुरोगका बिरामीहरू बढ्ने गरेको चिकित्सकहरु बताउछन् ।


  •  
  •  
  •