चिकित्सा विज्ञान प्रतिष्ठानमा कर्मचारी नियुक्त

369
  •  
  •  
  •  

काठमाडौं, २५ सान (ओएनएस) : वीर अस्पताल, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानमा रिक्त ५ पदाधिकारी आइतबार नियुक्ति भएका छन् ।

प्रतिष्ठानमा उपकुलपति नियुक्ति भएको दुई दिनमै अन्य पदाधिकारी नियुक्ति गरिएको हो । प्रतिष्ठानका नब नियुक्त उपकुलपति डा. गणेश गुरुङको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले आइतबार अन्य ५ पदाधिकारी नियुक्ति गरेका हुन् ।

प्रतिष्ठानमा रजिष्ट्रार डा. किरण मानन्धर, रेक्टर रंगवहादुर बस्नेत, डिन यौवनचन्द्र शिवाकोटी, निर्देशक स्वयमप्रकाश पण्डित र कार्यकारी सदस्यमा भुपेन्द्र बस्नेत नियुक्ति भएका हुन् ।

नवनियुक्त पदाधिकारीहरुलाई स्वास्थ्यमन्त्री अधिकारीले वीरलाई जारी हडताल रोक्न पहल गर्न निर्देशन दिएका छन् ।
न्याम्समा पदाधिकारी नियुक्ति, वीरमा अत्यावश्यकीय उपकरणा उपलब्ध गराउनु पर्ने लगायतका माग राख्दै आवासीय चिकित्सकहरू आन्दोलनमा छन् ।


  •  
  •  
  •