स्वास्थ्य परीक्षण गर्न ५१ स्वास्थ्य संस्था सूचीकृत

130
  •  
  •  
  •  

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ स्वास्थ्य संस्था सूचीकृत भएका छन् ।

सूचीकरणका लागि आवेदन दिएका १ सय २६ स्वास्थ्य संस्थाको सरकारले अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार गत चैत १३ गते सार्वजनिक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चाहने स्वास्थ्य संस्थालाई सूचीकणका लागि आह्वान गरिएको थियो ।


  •  
  •  
  •