प्रसूति गृहमा ५० शय्याको एचडीयू

54
  •  
  •  
  •  

काठमाडौं । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल (प्रसूति तथा स्त्रीरोग अस्पताल गृह) ले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका कोरोना संक्रमित महिला बिरामीका लागि ५० शय्याको हाई डिपेन्डेसी युनिट (एचडीयू) संचालनमा ल्याएको छ।

संक्रमितको संख्या बढेसँगै अक्सिजन मात्र चाहिने मध्यम खालका बिरामीले टेकु अस्पतालमा बेड नपाउने स्थिति भएकाले त्यहाँ आएका महिला संक्रमितका लागि प्रसूति तथा स्त्रीरोग अस्पताल गृहमा एचडियु सञ्चालने निर्णय गरिएको हो।

प्रसूति तथा स्त्रीरोग अस्पताल गृहकी निर्देशक डा.संगीता कौशल मिश्रले ५० शय्याको एचडीयूमध्ये २० प्रतिशत शय्या भने गर्भवतीका लागि मात्र छुट्याएर राख्ने बताइन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागर राजभण्डारीले टेकु आएका संक्रमितहरुलाई बेड अभाव भएको खण्डमा प्रसूति तथा स्त्रीरोग अस्पताल गृहको आइसोलेसनमा राख्ने छलफल भएको बताए।


  •  
  •  
  •