हावाहुरीले ज्यान गुमाउनेको संख्या ३१ पुग्यो(अपडेट)

थप चिकित्सक र स्वास्थ्यकर्मी पठाउने तयारी
536
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : बारा र पर्सामा आइतबार साँझ वर्षासँगै आएको हावाहुरीका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ भने पाँच सय भन्दा बढी घाइते भएका छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

थप चिकित्सक र स्वास्थ्यकर्मी पठाउने तयारी

हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयले थप चिकित्सक र स्वास्थ्यकर्मी पठाउने तयारी गरेको छ ।

प्रभावित क्षेत्रमा घाइतेहरूलाई रगत अभाव भएकाले रगत केन्द्रबाट व्यवस्थापन गर्ने स्वास्थ्य मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख चुँडामणि भण्डारीले जानकारी गराएका छन् ।

औषधि स्टक रहेको र विश्व स्वास्थ्य संगठनको टिम पनि त्यसतर्फ जाँदै गरेको उनले बताए ।

यो पनि हेर्नुहोस्

तराईमा भीषण आँधी : नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा

तराईमा भीषण आँधी : २५ जनाको मृत्यु, ४ सय जना घाइते

 


  •  
  •  
  •