कैलाली–कञ्चनपुर हावाहुरी : मृत्यु हुनेको संख्या दुई पुग्यो, घाइतेको संख्या ९९ (अपडेट)

८१ जना घर फर्के, १८ जनाको उपचार हुँदै
175
  •  
  •  
  •  

काठमाडौं । कैलाली कञ्चनपुर क्षेत्रमा आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भएको छ भने घाइतेको संख्या ९९ पुगेको छ ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार घाइतेमध्ये १८ जनाको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ भने, सामान्य सामान्य घाइते ८१ जना उपचार पश्चात् घर फर्केका छन् ।

बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै टीकापुरमा पोल्ट्री फर्मको वाल भत्किँदा लहानु चौधरीको मृत्यु भएको छ ।

हावाहुरीले कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको छ ।
त्यसैगरी हावाहुरीले बर्दियामा २ जना सामान्य घाइते भएका छन् ।


  •  
  •  
  •