कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले एक जनाको मृत्यु, ४१ घाइते

341
  •  
  •  
  •  

काठमाडौं । कैलाली र कञ्चनपुरमा आएको हावाहुरीले एक जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।हावाहरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको धनगढीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये केहीको अवस्था गम्भीर छ ।हावाहरीका कारण घर टहराको छाना उठेको छ, भने रुखहरु ढलेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख सुदीप गिरीले जानकारी दिए । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर भीषण हावाहुरी आएको थियो ।

ठाउँठाउँमा रुखहरु ढल्दा सडक अवरुद्ध भएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।


  •  
  •  
  •