हावाहुरीले एक जनाको मृत्यु

661
  •  
  •  
  •  

रौतहट, २६ चैत(ओएनएस) : रौतहटमा मंगलबार आएको हावाहुरीले एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान आएको हावाहुरीबाट देवाही गोनाही नगरपालिका ३ मा ६० वर्षिया रामसखी देवी चमइनको मृत्यु भएको छ ।

हावाहुरीले घरको छाना उडाउँदा टाली खसेर चोट लागेपछि रामसखीको मृत्यु भएको परिवारले बताएका छन् ।
तर रौतहटका एसपी भुपेन्द्र खत्रीले भने घरको छाना उडाएपछि पानीमा भिजेर चिसो भई मृत्यु भएको हुनसक्ने बताएका छन् ।

हावाहुरीसँगै असिनापानीबाट परोहा नगरपालिकाको १, २, ३ र ४ स्थित दलित बस्तीका पचास भन्दा बढी घरको छाना उडाएको छ ।

वृन्दावन नगरपालिकाको खैरा र रमौली वैरियामा पनि हावाहुरीले क्षति पु¥याएको छ । घरको छाना खस्दा रमौलीमा ६३ वर्षका तिलक सहनी घाइते भएका छन् । उनको अहिले गरुडामा उपचार भइरहेको छ ।


  •  
  •  
  •