मृतकका परिवारलाई राहतस्वरुप ३ लाख प्रदान गरिने

426
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : बारा, पर्सा लगायतका जिल्लामा आइतबार साँझ भएको हावाहुरीका कारण मृत्यु भएकाको परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गरिने भएको छ ।

सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको आकस्मिक बैठकले सो निर्णय गरेको हो ।
यस्तै बैठकले क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट ३१ जनाको मृत्यु भएको छ ।
कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइतेहरु उपचारत छन् ।उपचारका क्रममा थप केही घाइतेको समेत निधन भएका समाचारहरु आइरहेका छन् । सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु आइतबार रातिदेखि उद्धारमा खटिइरहेका छन् ।

यस्तै सोमबार बिहानै बसेको बैठकले प्राकृतिक विपतिमा परेर घाइते भएकाहरुको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र घरबार गुमेकाहरुको बासस्थानका लागि प्रदेश सरकारले पहल गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले प्रत्येक मृतकलाई तीन लाखका दरले तत्कालीन राहत दिने निर्णय गरेको जानकारी गराएका छन् ।

यो पनि हेर्नुहोस्

हावाहुरीले ज्यान गुमाउनेको संख्या ३१ पुग्यो(अपडेट)

तराईमा भीषण आँधी : नाईट भिजन हेलिकप्टर तयारी अवस्थामा

तराईमा भीषण आँधी : २५ जनाको मृत्यु, ४ सय जना घाइते


  •  
  •  
  •