कतारमा समस्यामा परेका १४ नेपाली श्रमिकहरुलाई निःशुल्क हवाई टिकट

107
  •  
  •  
  •  

काठमाडौं । गैर आवासीय नेपाली संघ कतार र नेपाली ब्यबसायी संघ कतारले १४ नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि निःशुल्क हवाई टिकट सहयोग गरेको छ ।

हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएकालाई हवाई टिकट सहयोग गरिएको हो ।

कोरोना भाइरस कोभिड १९ को कारणले कतारमा रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने लक्ष्य सार्वजनिक गरिएको थियो ।

सोही अनुसार पाचौँ चरणमा १९ नोवेम्बरका दिन एक महिनाभन्दा बढ़ी एनसीसी कतारको सहयोगमा खाना-बस्न ब्यवस्थापनमा रहेका ३ जना चेलीहरु महोत्तरीकी ऊमा खड़का, सल्यानकी लक्ष्मी कुनवार र रौतहटकी नीरा दरलामी ७ सेप्टेम्बर २०२० का हवाई टिकट उपलब्ध गराइएको स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिति– २०२० का संयोजकसमेत रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले जानकारी दिएका छन् ।

यस्तै लामो समयदेखि हमद अस्पतालमा भर्ना भई क्षयरोगको उपचार गराईरहेका लमजुङका नारायण भण्डारीलाई १२ अक्टोबरमा, काभ्रेका हरि सरन मिजार र इलामका केशव कुमार कार्कीलाई १६ अक्टोबरमा , नुवाकोटका गजेन तामाङ्ग, सिरहाका पुरुषोत्तम पासवान, इलामकी सुष्मा लेपचा, मकवानपुरका मदन तिमिल्सिना, सिरहाका होमबहादुर कार्की र महोत्तरीका राज कुमार कपार लाई ४ नोवेम्बर २०२० का दिन पर्वतका हरि बहादुर विश्वकर्मा र पूर्ण बहादुर बिकेलाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाइएको र अहिले सम्मा ४४ जना लाई टिकेट उपलब्धगराइएको छ ।


  •  
  •  
  •