५ बुँदे माग राख्दै हवाई सेवा कम्पनीहरु आन्दोलनमा

41
  •  
  •  
  •  

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले बुधबारदेखि देशभरि हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ।

सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरले राति काठमाण्डौबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा संघले भोलिदेखि हवाई सेवा बन्द घोषणा गरेको हो।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै संघले भोलिबाट संघमा आबद्ध जहाज र हेलिकप्टर सेवा बन्द रहने जानकारी गराएको छ।

सरकारले गरेको निर्णयमा बाध्यात्मक रुपमा संघमा आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडान असार ८ गतेबाट स्थगित गरिएको जानकारी संघले दिएको छ।

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here