हावाहुरीबाट गम्भीर घाइते ७ जनालाई काठमाडौं ल्याइयो

451
  •  
  •  
  •  

काठमाडौं, १८ चैत(ओएनएस) : बारा र पर्सामा आइतबार साँझ आएको हावाहुरीबाट गम्भीर घाइते ७ जनालाई नेपाली सेनाको स्काई ट्रक विमानबाट थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रतीकात्मक तस्वीर

घाइतेमध्ये १०० भन्दा बढीको नारायणी उपक्षेत्रीय अस्पताल र विरगञ्ज हेल्थ केयर सेन्टरमा ५० बढी घाइतेको उपचार भइरहेको बताइएको छ ।

नारायणी उपक्षेत्रीय अस्पतालका एक कर्मचारीले अहिले पनि गाउँगाउँबाट घाइतेहरू अस्पताल आउने क्रम जारी रहेको जानकारी दिएका छन् ।

अहिले पनि विभिन्न स्थानमा ७० भन्दा बढी घाइते रहेको अनुमान रहेको उनले बताए । अस्पतालमा आउने घाइतेमध्ये धेरैलाई टाउकोमा चोट लागेको छ भने हात भाँचिएका, घरले च्याचेर जस्ताले शरीरका विभिन्न अंग काटिएका अवस्थामा घाइते अस्पताल ल्याइएका छन् ।

सबै उमेर समूहका घाइते भए पनि धेरै संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित भएको बताइएको छ ।


  •  
  •  
  •