मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना

296
  •  
  •  
  •  

काठमाडौं, १० जेठ(ओएनएस) : पश्चिमी न्यूनचापीय प्रणालीकोे प्रभावले आज देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वमा बनेको न्यूनचापीय रेखा र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले मेघ गर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीले अहिले पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा न्यूनचापीय प्रणालीले प्रभाव पारिरहेको बताइन् ।

प्रिमनसुनको समय भएकाले यो गतिविधि लामो समयसम्म कायम नरहने उनको भनाइ छ । राति देशका मध्य र पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्रका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै शनिबार देशका अधिकांश स्थानमा आंशिक बदली रही अपराह्नपछि पश्चिमी र मध्य भूभागका एक दुई स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।

आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भई देशका पूर्वी भूभागका केही स्थानमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

 जेष्ठ १० गते (शुक्रबार):
दिउँसो:  देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही  देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी  क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति:देशका मध्य तथा पूर्वी भूभागमा र पश्चिमी पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि , बाकी भूभागमा आंसिक बदलि रही  देशका पूर्वी तथा मध्य भूभागका केहि स्थानहरुमा र पश्चिमी  क्षेत्रका थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
 
 जेष्ठ ११ गते (शनिबार):
दिउँसो: देशका अधिकांश भूभागमा आंशिक बदलि रहेता पनि अपरान्ह पछि सामान्य बदलि भई  देशको पूर्वी भू-भागका केहि स्थानहरुमा र पश्चिमि र मध्य भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ ।
राति: देशका पहाडी भू-भागमा  आंसिक बदलि  रही  थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ ।
 
जेष्ठ १२  गते (आइतबार):
दिउँसो: देशका पहाडी भू-भागमा  आंसिक बदलि  रही  थोरै स्थानहरुमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ र बाकी भूभागमा सामान्य तय सफा मौसम सफा रहने देखिन्छ ।
राति: देशका पहाडी भूभागमा  आंसिक देखि   सामान्य बदलि  भई  देशको पूर्वी भू-भागका थोरै  स्थानहरुमा र पश्चिमि र मध्य भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन , हावाहुरी सहित वर्षाको सम्भावना छ । बाकी स्थानहरुमा आंसिक बदलि रहने देखिन्छ ।

  •  
  •  
  •