हावाहुरीका कारण दुई जनाको मृत्यु

412
  •  
  •  
  •  

धनुषा, १५ वैशाख(ओएनएस) : जनकपुरमा हावाहुरीका कारण दुई जनाको ज्यान गएको छ ।

आइतबार बिहान साढे ३ बजे आएको हावाहुरीका कारण धनुषाको नगराईन नगरपालिका ५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महाबिर दास तात्मको ज्यान गएको हो ।

उनीहरुको मृत्यु हावाहुरीको आवाजको डरले भएको स्थानीयको भनाइ छ । हावाहुरीले इन्जिनियरिङ वर्कशप पूर्णरुपमा नस्ट भएको छ ।

हावाहुरीका कारण कति क्षति भयो भन्ने विस्तृत विवरण संकलन कार्य भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •