हावाहुरी पीडितलाई प्रदेश ३ सरकारको एक करोड सहयोग

79
  •  
  •  
  •  

जनकपुरधाम, ४ वैशाख(ओएनएस) : प्रदेश ३ सरकारले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको लागि एक करोड सहयोग प्रदान गरेको छ ।

मुख्यमन्त्री डोरमणी पौडेलले बुधबार जनकपुर पुगेर एक करोडको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका हुन् । पौडेलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चेक हस्तान्तरण गरे ।

गएको चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो भने ५ सय भन्दा बढी घाइते भएका थिए ।

चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गरेकोमा प्रदेश ३ का मुख्यमन्त्री र प्रदेशसभालाई धन्यवाद दिएका थिए ।

मुख्यमन्त्री पौडेलले विपतको बखत एकअर्कालाई सहयोग गर्ने सन्देश प्रवाह हुने बताए ।  प्रदेश ३ का सांसदहरुको तीन दिनको तलब बराबर चार लाख ६९ हजार ५० रुपैयाँ मुख्यमन्त्री राहत कोषमा जम्मा गरेको छ ।

बैंकमा रकम जम्मा गरेको भौचर प्रदेश ३ की उपसभामुख राधिका तामाङले मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेकी थिइन् ।


  •  
  •  
  •