सर्लाहीमा हावाहुरीमा परि एक जनाको मृत्यु

308
  •  
  •  
  •  

काठमाडौँ, २३ चैत(ओएनएस) : सर्लाहीमा शनिबार दिउँसो आएको हावाहुरीमा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामनगर गाउँपालिका–१ का ४५ वर्षीय पनिलाल सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हावाहुरीले स्थानीय राजाराम चौधरीको खाजा पसलको बाँसको टाटी र फुसले छाएको छानो उडाएर थिच्दा सहनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि सदरमुकाम मलंगवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।

जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा शनिबार दिउँसो हावाहुरी चलेको प्रहरीले जानकारी दिएको छ । हावाहुरीका कारण स्थानीयहरुको घरको छाना उडाएको तथा केही घरहरुमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


  •  
  •  
  •