हावाहुरीसहित मेघ गर्जन र क्षणिक वर्षाको सम्भावना

637
  •  
  •  
  •  

काठमाडौं, २१ चैत(ओएनएस) : मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा अझै केही दिन हावाहुरीसहित मेघ गर्जन र क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले बिहिबार सार्वजनिक गरेको तीन दिनको पूर्वानुमान अनुसार आज साँझ देशको पुर्वी र मध्ये भू–भाग लगायत पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ भने बाँकी भू–भागहरुमा आंशिक बदलि रहनेछ ।
देशको पुर्वी तथा मध्य भू–भागका थोरै स्थानमा, पश्चिमी भू–भागका १–२ स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना देखिन्छ । उच्च हिमाली भू–भागहरुका एक–दुइ स्थानमा हल्का हिमपातको सम्भावना देखिएको छ ।

महाशाखाले शुक्रबार र शनिबार पनि देशका विभिन्न भू–भागमा आंशिक वर्षाको संभावना रहेको देखाएको छ ।

हेर्नुहोस् महाशाखाको पूर्वामानुमान


  •  
  •  
  •