भूताहा रेष्टुरेन्ट जहाँ भूत-पिशाचले खाना पस्किन्छन्…(फोटोफिचर)

427
  •  
  •  
  •  

काठमाडौ, २४ भदौ (एजेन्सी) : विश्वमा केही अनौठा रेष्टुरेन्टहरू छन्, ती आफ्ना अनौठापनका कारण मानिसहरूलाई निकै मन पराउँछन् । यसमध्ये केही रेष्टुरेन्ट पानीमुनी रहेका छन्, भने कुनै रेष्टुरेन्टमा बाँदरले खाना पुर्याउँछन् । यस्तै, यस्ता रेष्टुरेन्ट पनि छन्, जुन रूखमा बनेको छन् । तर, के तपाईले यस्तो रेष्टुरेन्टबारे थाहा पाउनुभएको छ, जहाँ भुतले वेटरको काम गर्छन् ? यस्तै खाले एक रेष्टुरेन्ट स्पेनको बार्सिलोनामा रहेको छ, जसको नाम राखिएको छ, ला मासिया एण्काण्टडा ।

सन् १९७० मा निर्माण भएको रेष्टुरेन्टमा भुतले वेटरको काम गर्छन् । रेष्टुरेन्टका मालिकहरूलाई के लाग्दथ्यो भने उक्त ठाऊँ स्रापित छ । यस्तोमा पनि उनीहरूले रेष्टुरेन्ट बनाउने सोच बनाए, जसको थिम थियो भुत राखिएको थियो । यसमा काम गर्ने सबै वेटर भुत-पिशाचको लुगामा वेटरहरूले खाना दिने गर्छन् । उक्त रेष्टुरेन्टमा प्रवेश गर्नका लागि केही नियम समेत रहेको छ, जसमा मुटु, आस्थ्माका बिरामी, गर्भवती महिला, अपाङ्ग र १४ वर्षभन्दा कम उमेरकालाई प्रवेश निषेध गरिएको छ ।

१७ औ शताब्दीमा बनेको थियो बिल्डिङ
यो भवनको निर्माण १७ औ शताब्दीमा जोसफमा रिएस र सुरोकाले गरेका थिए । यसको नजिकै दुई भवन थियो, जसलाई लिएर विवाद भएको थियो । सिक्का मार्फत विवादलाई सल्टाइएको थियो, जसमा जोसफको हार भएको थियो र उसले आफ्नो घर पनि खाली छोडेर गएको थियो । समयसँगै जोसफको घर खण्डहरमा परिणत भएको थियो ।

haunted-restaurant-la-masia-encantada-where-ghost-serve-dinner5

haunted-restaurant-la-masia-encantada-where-ghost-serve-dinner haunted-restaurant-la-masia-encantada-where-ghost-serve-dinner1 haunted-restaurant-la-masia-encantada-where-ghost-serve-dinner2 haunted-restaurant-la-masia-encantada-where-ghost-serve-dinner3 haunted-restaurant-la-masia-encantada-where-ghost-serve-dinner4


  •  
  •  
  •