दाइजोको निहुँमा महिलाको हत्या

320
  •  
  •  
  •  

सिरहा, २० वैशाख(ओएनएस) : सिरहा नगरपालिका–१४ खिरौनामा दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ ।

बिहीबार राति श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेको जनाइएको छ ।

गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो ।

बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् ।

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातता दिनको मनिषाको बाबु रघुनाथ मण्डलले बताएका छन् ।


  •  
  •  
  •