बलात्कारीको हत्या गर्ने किशोरीलाई पाँच वर्ष कैद

101
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

एजेन्सी । बलात्कारीलाई छुरा प्रहार गरी हत्या गर्ने एक अमेरिकी किशोरीलाई आयोवाको एक अदालतले पाँच वर्ष कैद फैसला गरेको छ ।

अदालतले १७ वर्षीया किशोरी पिपर लुइसलाई सन् २०२० मा डेस मोइनेसमा भएको हत्याका लागि जाँचरी ब्रुक्सको परिवारलाई १ लाख ५० हजार डलर तिर्न पनि आदेश दिएको छ । उनी त्यतिबेला १५ वर्षकी थिइन् । गत वर्ष उनले अनिच्छुक हत्या र जानाजानी चोटको लागि दोषी स्वीकार गरेकी थिइन । दुवै अभियोगमा १० वर्षसम्मको जेल सजाय हुन्छ ।

लुइसलाई मंगलबार पोल्क काउन्टी जिल्ला न्यायाधीश डेभिड एम पोर्टरले सजाय सुनाएका हुन् । न्यायाधीशले उनलाई आवासीय सुविधामा राख्न आदेश दिएका छन, जहाँ उनले ट्र्याकिङ उपकरण लगाउनुपर्छ ।
सन् २०२० मा एक व्यक्तिले उनलाई एउटा घर भित्र लगेर यौनका लागि अरूलाई बेचबिखन गरेको थाहा पाएपछि उनी भागेकी थिइन् । आफूलाई बलात्कार गर्नेमध्ये एक जना ३७ वर्षीय ब्रुक्स पनि भएको उनले अदालतलाई बताएकी छिन् । ब्रुक्सले आफूलाई धेरै पटक बलात्कार गरेको उनले दाबी गरेकी छिन् ।


  •  
  •  
  •