भाउजूको हत्या आरोपमा देवर पक्राउ

91
  •  
  •  
  •  

प्रतिकात्मक तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिका–१०, बुलबुलेमार्गस्थित सडकमा भाउजूको हत्या आरोपमा देवर पक्राउ परेका छन् । ४८ वर्षीया भाउजू रोशनी राजभण्डारीको हत्या आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । रोशनीलाई मोहनले फलामको रडले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । गम्भीर घाइते रोशनीको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा आफैँ उपस्थित भएका मोहनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •