क्यारोलिनामा एक डाक्टर र उनका दुई नातिनातिनासहित ५ को हत्या

46
  •  
  •  
  •  


एजेन्सी । अमेरिकास्थित दक्षिणी क्यारोलिनामा एक बन्दुकधारीले डाक्टर र उनका नातिनातिनासहित पाँच व्यक्तिको हत्या गरेका छन्। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

स्थानीय प्रहरीले जनाए अनुसार रकहिल भएको घटनामा ७० वर्षीय डा.रोबर्ट लेस्लाई, ६९ वर्षीया बारबरा लेस्लाई र २ जना नातिनातिनाहरु मारिएका हुन्। मारिने बालबालिका ५ र ९ वर्षका रहेको जनाइएको छ।

उनीहरुकै घरमा काम गर्ने ३८ वर्षीय जेम्स लुइस पनि मृत भेटिएको जनाइएको छ। परिचय नखुलाइएका छैठौं व्यक्तिलाई भने अस्पतालमा भर्ना गरिएको छ।

गोली चलाउने व्यक्ति नजिकैको घरमा फेला परेको प्रहरीले जनाएको छ। एपी र एक स्थानीय मिडियाले बन्दुकधारी पूर्वएनएफएल प्लेयर फिलिप एडम्स रहेको उल्लेख गरेको छ। उनले आत्महत्या गरेको बताइन्छ।

एडम्सको परिवार पीडितहरूसँग नजिक रहेका छन् र डा लेस्लीले पहिले उनको उपचार गरेका थिए।


  •  
  •  
  •