धापासीमा छुरा प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

486
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं टोखा नगरपालिका ५ धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । तनहुँ घर भइ हाल धापासीमा बस्दै आएका २५ वर्षीय आशिष मगरको छुरा प्रहार गरी हत्या भएको हो । मगरले वाल पेन्टिङ गर्ने काम गर्दै आएका थिए ।

धापासी हाइटस्थित देवी मन्दिरको प्रांगणमा उनीमाथि एक्कासी छुरा प्रहार भएको थियो । गम्भीर घाइते मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हत्या आरोपमा प्रहरीले दिवस अधिकारी, रवि थापा मगरललाई पक्राउ गरेको छ । आरोपित अन्य दुई जना अझै फरार छन् ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्‍जबाट खटिएको प्रहरी टोलीले छुरा प्रहार गर्ने अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाको अनुसन्धान गरिरहेको छ । मगरको शवलाई त्रिवि शिक्षण महाराजगन्जमा राखिएको छ ।


  •  
  •  
  •