हत्या अभियोग लागेका दुई जना पुर्पक्षका लागि कारागार चलान

73
  •  
  •  
  •  

गुल्मी । गुल्मीमा ३ जनाको हत्या गर्ने अभियुक्तलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

प्रतिकात्मक तस्बिर

जिल्ला अदालतले मोरङ कानेपोखरी ३ की शिवमाया लिम्बु र उनकी जुम्ल्याहा छोरीको हत्या अभियोग लागेका बागलुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका पूर्णबहादुर सुनार र माधव सुनारलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

माधवको उमेर १४ वर्ष भन्दा कम रहेकाले बालसुधार गृहमा पठाइएको जिल्ला अदालत गुल्मीले जनाएको छ । मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भई पोखरा महानगरपालिका बस्ने ३२ वर्षकी सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरी गंगा र जमुनाको गुल्मीको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा हत्या भएको थियो ।
प्रहरीका अनुसार हत्यामा संलग्न तीनमध्ये एक जना फरार रहेका छन् ।

दुई बालिकाको निर्ममतापूर्वक हत्या गरिएको घटनाका अभियुक्त दुईजनालाई प्रहरीले पोखरा महानगरपालिका २५ हेम्जाबाट डेरामा बसिरहेको अबस्थामा पक्राउ गरेको थियो ।

सुनारलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त टोलीले पक्राउ गरेको हो ।


  •  
  •  
  •