पपुवान्युगिनीमा १५ जना महिला तथा बालबालिकाको हत्या

170
  •  
  •  
  •  

एजेन्सी । पपुवान्युगिनीको हेला प्रान्तमा १५ जना महिला तथा बालबालिकाको हत्या भएको छ ।  घटना सोमबार बिहानै भएको हो । सो ठाउँमा झण्डै ८ सय जनाको बसोबास गर्दै आएका छन् ।

घटना भएका बेला कारिदामा रहेका स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अधिकारी फिलिप पिमुएले प्रभावित हुने १६ जना रहेको बताएको बेलायती पत्रिका द गार्जियनले जनाएको छ ।

प्रभावित हुनेमा एक देखि १५ वर्षसम्मका ८ बालबालिका र ८ महिला रहेका छन् ।  हत्या भएका मध्ये दुई महिला गर्भवति समेत छन् ।

तर आरएनजेडले भने स्थानीय प्रहरीलाई उद्धृत गर्दै १५ जनाको हत्या भएको र त्यसमा १० जना महिला र पाँच बालबालिका रहेको जनाएको छ ।

घटना स्थानीय समय अनुसार सोमबार बिहान ६ बजेतिर भएको हो ।  आक्रमणकारीले स्थानीयको घरमा गएर ढोका ढकढक्याएको र ढोका खोल्ने बित्तिकै उनीहरुको हत्या गरेको उल्लेख गरिएको छ । आक्रमणकारीले बन्दुक तथा चक्कु प्रहार गरेको जनाइएको छ ।


  •  
  •  
  •