मेक्सिकोमा पत्रकार महिलाको हत्या

152
  •  
  •  
  •  

एजेन्सी । मेक्सिकोको दक्षिण पश्चिममा एक पत्रकार हत्या भएको छ ।  प्रहरीका अनुसार मेक्सिकोको टाबास्को होए नामको अखबारमा विगत १५ वर्षदेखि संवाददाताका रुपमा कार्यरत नोर्मा साराबीयाको हत्या भएको हो । उनी टाबास्को राज्यका अरु सञ्चारमाध्यममा समेत कार्यरत थिइन् ।

मेक्सिकोमा यसै वर्ष हत्या गरिएकी उनी छैटौं पत्रकार हुन् ।  सन् २००० यताका १९ वर्षमा मेक्सिकोमा झण्डै १०० पत्रकारको हत्या भइसकेको छ । लागूपदार्थका तस्कर र राजनीतिक भ्रष्टाचारीका कारण पत्रकारको ज्यान जोखिममा पर्ने गरेको अध्ययनहरुले देखाएका छन् ।


  •  
  •  
  •