सुन तस्करीको लेनदेनले लियो हत्याको रुप

418
  •  
  •  
  •  

काठमाडौं, १९ फागुन (ओएनएस) : सुन तस्करीको विषयमा साथीहरुबीच लेनदेन नमिल्दा विवाद उत्पन्न भएको थियो। विवादले अन्तमा हत्याको रुप लिएको छ। साथीहरुबीच कुरा नमिले पछिअपहरणपछि एक जनाको हत्या भएको छ ।

उर्लाबारी, मोरङका ३३ वर्षीय सनम शाक्यलाई सिरहा जिल्लाको अज्ञात स्थानमा लगेर हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो ।

गोप्य सूचनाको आधारमा मोरङ प्रहरीले शनिबार बा १२ च ५९६३ नम्बरको स्कोरपियो गाडीमा तौलिया, म्याट्रेस र त्रिपालले बेरी लुकाई राखेको अवस्थामा मृत शरीर भेट्टाएको थियो ।

घटनामा संलग्न टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई प्रकाउ गरिएको प्रहरीले जनाएको छ । अभियुक्तसहित घटनामा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङ पठाईएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •