विराट शिक्षण अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट

341
  •  
  •  
  •  

विराटनगर । विराटनगरमा रहेको विराट शिक्षण अस्पतालमा नचिनेको मानिसको समूहले डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट गरेकाे छ । आकस्मिक कक्षमा भर्ना भएकाहरूको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीमाथि कुटपिट भएको हो ।

सडक दुर्घटनामा घाइते भएका दुई जनाको उपचार गरिरहेका बेला नचिनेकाे मानिसकाे समूहले कुटपिट गरेका अस्पतालले जनाएको छ । कुटपिटबाट डाक्टर सुदिप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत घाइते भएका छन् । रेग्मी र बस्नेतको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

यस्तै घटनामा संलग्न भएको आरोपमा  बूढीगङ्गा नगरपालिका २ का निश्चल श्रेष्ठ र अनिल श्रेष्ठलाई पक्राउ गरिएको छ । उपचारका लागि भर्ना भएकी बूढीगङ्गा २ की ७३ वर्षीया गाेमादेवी श्रेष्ठको उपचार गर्न ढिलो भएको भन्दै डाक्टरमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •