दाङमा भेटिएको हतियार आफ्नो नभएको विप्लव समूहको दावी

88
  •  
  •  
  •  

काठमाडौं । नेत्र विक्रम चन्द ’विप्लव’ समूहले शनिबार दाङ प्रहरीले बरामद गरेको हतियार आफ्नो नभएको दाबी गरेको छ ।

समूहको राप्ती ब्यूरो इन्चार्ज समरले एक विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेका हुन् । विज्ञप्तिमा हतियार आफ्ना नभएर नियोजित रुपमा आफूहरुलाई दमन गर्न प्रहरी आफैले हतियार राखेर प्रचार गरिएको उल्लेख छ ।
प्रहरीले दाङ र कपिलबस्तुको सीमा क्षेत्रबाट सर्ट मेशिन गन ‘एसएमजी’ पाँच थान, राईफलको म्याग्जिन १३ थान र सोही राईफलमा प्रयोग हुने गोली ३ सय ९० राउण्ड फेला पारेको थियो ।


  •  
  •  
  •