हतियार बनाउने कारखानामा प्रहरीको छापा

488
  •  
  •  
  •  

राँझा, १५ चैत(ओएनएस) : नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ स्थित डिएसपी रोडमा हतियार बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । प्रहरीले सो क्रममा हतियार र हतियार बनाउन प्रयोग गरिने सामग्री बरामद गरेको छ ।

प्रदेश नं ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले कारखानामा छापा मारी हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, ‘एयर गन’ एक थान, लामो स्प्रीङ तीन थान, आरनलगायत सामग्री बरामद गरेको हो ।
वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार उक्त कारखाना जंगबहादुर नेपालीले सञ्चालन गर्दै आएको पाइएकाले बरामद गरिएका हतियारसहित जंगबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।


  •  
  •  
  •